शरीरले साथ दिए फ्यानकै लागि अर्को एक आईपीएल खेल्नुपर्ने हुन्छ : धोनी

शरीरले साथ दिए फ्यानकै लागि अर्को एक आईपीएल खेल्नुपर्ने हुन्छ : धोनी

एजेन्सी : भारतका स्टार क्रिकेटर महिन्द्र सिंह धोनीले आफ्नो शरीरले साथ दिए फ्यानकै लागि भए पनि अर्को एक आईपीएल खेल्नुपर्ने बताएका छन्।

डिफेन्डिङ च्याम्पियन गुजरातलाई हराउँदै पाँचौं पटक आईपीएल जितेपछि उनले सन्न्यास लिने उपयुक्त समय भने भइसकेको बताए।

उनले भने, ‘यदि परिस्थिति हेर्ने हो भने यो नै सन्न्यास लिने उपयुक्त समय हो। अहिले सबैलाई धन्यवाद भन्दै सन्न्यासको घोषणा गर्न मलाई निकै सहज अवस्था छ। अबको ९ महिनासम्म कडा मिहिनेत गरेर अर्को आईपीएल खेल्ने प्रयास गर्ने काम कठिन छ। शरीरले साथ दिनुपर्छ।’

‘तर जति माया मैले समर्थकहरुबाट पाइरहेको छु, यदि मैले अर्को एक सिजन खेलें भने त्यो उनीहरुका लागि उपहार हुनेछ। जसरी उनीहरुले म प्रति माया र सद्भाव देखाइरहेका छन्, मैले उनीहरुको लागि यति गर्नुपर्ने हुन आउँछ,’ उनले थपे।

जेठ १६, २०८० मंगलबार ११:४९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।