शनिबार १५ मंसिर, २०८१
मलेसियाले नेपाललाई दियो ९७ रनको लक्ष्य
काठमाडौं : मलेसियाले दोस्रो टी-२० खेलमा नेपाललाई ९७ रनको लक्ष्य दिएको छ।
मलेसियामा जारी पाँच खेलको सिरिजको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनायो।
मलेसियाको लागि मास एलिसाले सर्वाधिक २८ रन बनाइन्। नेपालको लागि रुविना क्षेत्रीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन्।
त्यसैगरी इन्दु बर्मा र कविता कुँवरले एक/एक विकेट लिए। सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो।
जेठ १६, २०८० मंगलबार ११:२०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।