२ वर्षे छोरा भिरबाट लडेपछि आमा बचाउन गइन्, दुवैको ज्यान गयो

२ वर्षे छोरा भिरबाट लडेपछि आमा बचाउन गइन्, दुवैको ज्यान गयो

काठमाडौं : धादिङमा घाँस काट्न जाँदा भिरबाट लडेर आमा छोराकै ज्यान गएको छ। 

बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार (हिजो) अपराह्न घाँस काट्न गएको बेला छोरा साजन भिरबाट लडेपछि उनलाई बचाउन जाँदा अप्सरा समेत भिरबाट खसेकी थिइन्।

यसपछि उपचारका लागि अस्पताल लागिएकोमा डाक्टरले दुवैको मृत्यु भइसकेको घोषणा गरेका थिए।

जेठ १६, २०८० मंगलबार ११:०९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।