‘अखण्ड भारत’को नक्साले दुई देशको सम्बन्ध बिगार्न सक्छ : बाबुराम भट्टराई

‘अखण्ड भारत’को नक्साले दुई देशको सम्बन्ध बिगार्न सक्छ : बाबुराम भट्टराई

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्साले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा विवाद उत्पन्न गराउन सक्ने बताएका छन्।

आज (मंगलबार) बिहान आफ्नो ट्विटरमार्फत उनले त्यस नक्साले दुई देशको सम्बन्ध बिगार्न सक्ने उल्लेख गरेका छन्।

भारतले केही दिनअघि मात्रै उद्घाटन गरेको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालमा रहेको कपिलवस्तु र लुम्बिनीलाई पनि समेटिएको छ।

त्यस नक्सामार्फत भारतले कपिलवस्तु र लुम्बिनीलाई उसकै भू-भाग जस्तो देखाउन खोज्दा ​​​​​​ दुई छिमेकीको सम्बन्धमा अविश्वास आउने उनले ट्विटरमा लेखेका छन्।

साथै उनले अखण्ड भारतको नक्साको उद्देश्य के हो भनेर बेलैमा बताउन पनि भारतीय नेतृत्वलाई आग्रह गरेका छन्।

जेठ १६, २०८० मंगलबार ०९:०१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।