न्युयोर्कको सडकलाई दिइयो तेन्जिङ शेर्पाको नाम, सगरमाथा दिवसको दिन नामकरण

न्युयोर्कको सडकलाई दिइयो तेन्जिङ शेर्पाको नाम, सगरमाथा दिवसको दिन नामकरण

काठमाडौं : अमेरिकाको न्युयोर्क राज्यमा रहेको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई  पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ।

उक्त सडकलाई नामकरणका लागि विगत ६ वर्षदेखि स्थानीय रूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र यूएसए नेपाल क्लाइम्वर्स एशोसिएसनले सिटीसँग पहल गर्दै आएकोमा गत अप्रिलमा न्ययोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो।

‘सिटीको अनुमति पाएपछि हामीहरूले सगरमाथा दिवसकै दिन पारेर उक्त सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौं। हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्युयोर्क जस्तो विशाल सिटीमा सडकको नामकरण हुनु साह्रै गर्वको विषय हो,’ क्लाइम्वर्स एशोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पाले भने।

‘यो हामी सम्पूर्ण आरोहीहरूका लागि खुसीको क्षण त हो नै नेपालीहरूका लागि पनि गर्वको विषय हो,’ उनले थपे।

जेठ १६, २०८० मंगलबार ०८:३२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।