खराब सिजनपछि चेल्सीले भित्र्यायो नयाँ प्रशिक्षक पोचेटिनो

खराब सिजनपछि चेल्सीले भित्र्यायो नयाँ प्रशिक्षक पोचेटिनो

एजेन्सी : टोटेनहम तथा पीएसजीका पूर्व प्रशिक्षक मोरिसियो पोचेटिनो इंग्लिस क्लब चेल्सीका नयाँ प्रशिक्षक नियुक्त भएका छन्।

५१ वर्षीय अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले चेल्सीसँग दुई वर्षको लागि सम्झौता गरेका छन्। जसमा अर्को वर्षको सम्झौता बढाउने विकल्प पनि रहेको छ।

यो सिजन निकै खराब फर्ममा रहेको चेल्सी इंग्लिस प्रिमियर लिगको १२ औं स्थानमा छ। चेल्सीको पछिल्लो २५ वर्षमा लिगमा यो सबैभन्दा खराब नतिजा हो।

यसै सिजन ग्राहम पोटरलाई बर्खास्त गरेपछि चेल्सीले लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाएको थियो। तर पनि चेल्सीको खेल स्तरमा यो सिजन सुधार आउन सकेन।

उनले इंग्लिस क्लब टोटेनहमलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुराएका थिए भने फ्रान्सेली क्लब पीएसजीबाट घरेलु लिग र कप दुवै जितेका छन्।

जेठ १६, २०८० मंगलबार ०७:२९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।