आईपीएल फाइनलमा मुसलधारे वर्षा, खेल नभए गुजरात विजेता बन्ने

आईपीएल फाइनलमा मुसलधारे वर्षा, खेल नभए गुजरात विजेता बन्ने

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनल जारी रहँदा पानी पर्न थालेको छ।

भारतको गुजरातस्थित अहमदाबादमा पानी पर्न थालेपछि खेल रोकिएको छ। खेलाडीहरू डगआउटर्फ गएका छन्।

गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीचको खेलमा गुजरातले पहिला ब्याटिङ गर्दै चेन्नईलाई २१५ रनको लक्ष्य दिएको छ।

Rain stops play in Ahmedabad 🌧️🌧️

Stay tuned for further updates.

Scorecard ▶️ https://t.co/WsYLvLrRhp#TATAIPL | #Final | #CSKvGT pic.twitter.com/miY8emHBWz

— IndianPremierLeague (@IPL) May 29, 2023

लक्ष्य पछ्याउने क्रममा चेन्नईले तीन बल मात्र खेल्दा मुसलधारे वर्षा सुरु भएको हो। यदि आजको फाइनल खेल नभएमा उपाधि गुजरातले लैजाने छ।

समूह चरणको अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरात च्याम्पियन घोषित हुनेछ।

गुजरातले १४ खेलमा १० मा जित निकाल्दै तालिकको शीर्ष स्थानमा रहँदा समान १४ खेलमा ८ मा जित निकाल्दै दोस्रो स्थानमा छ।

जेठ १५, २०८० सोमबार २२:१६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।