आईपीएल फाइनलमा चेन्नईलाई गुजरातको २१५ रनको लक्ष्य

आईपीएल फाइनलमा चेन्नईलाई गुजरातको २१५ रनको लक्ष्य

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल २०२३ को उपाधिका लागि गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई २१५ रनको लक्ष्य दिएको छ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनायो।

उसका लागि साई सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्काको मद्दतले ९६ रनको अर्धशतकीय पारी खेले।

यसका साथै ऋद्धिमान शाहाले ५४ रनको अर्धशतकीय पारी खेल्दा शुभमन गिलले ३९ रन जोडे। कप्तान हार्दिक पाण्ड्याले अविजित रहँदै २१ रन जोड्दा राशिद खान शून्य रनमै आउट भए।

बलिङतर्फ चेन्नईका मथीशा पथिरानाले दुई तथा दीपक चहर र रवीन्द्र जडेजा समान एक–एक विकेट लिए।

चेन्नईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

यसअघि आइतबार हुनुपर्ने फाइनल खेल वर्षाका कारण स्थगित भएको थियो। गुजरात गतवर्षको विजेता हो भने चेन्नईले यसअघि पाँच पटकसम्म आईपीएलको उपाधि चुमिसकेको छ।

१५ जेठ, २०८०, २१:३१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।