बजेटमा अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको नामसमेत लिइएन
काठमाडौं : चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको विषयमा आगामी आर्थिक वर्षको बजेट मौन बसेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणबारे मौन बसेको हो।
चैत १६ गते भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले दुई हप्ताभित्र अहिले देखिएको समस्या समाधान गरेर रंगशाला निर्माणको कार्य अगाडि बढ्ने बताएका थिए।
बजेटमा आगामी वर्ष त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको रुपमा विकास गर्ने र फ्लडलाइट राख्ने कार्य सम्पन्न गरिने भनिएको छ।
यस्तै, मुलपानी क्रिकेट मैदान रंगशालाको निर्माणकार्य सम्पन्न गर्ने, विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्णशमसेर क्रिकेट रंगशाला अघि बढाउन बजेट विनियोजन गरिँदा गौतमबुद्ध रंगशालाको नामसेत लिइएन।
जेठ १५, २०८० सोमबार २०:३०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।