वीर अस्पतालमा वर्न सेन्टर विस्तार गरिने, सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बिमा

वीर अस्पतालमा वर्न सेन्टर विस्तार गरिने, सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बिमा

काठमाडौँः काठमाडौंको वीर अस्पतालमा रहेको वर्न युनिटलाई स्तरोन्नति गरी सुविधासम्पन्न वर्न सेन्टरको रूपमा विकास गरिने भएको छ। 

यसका लागि आवश्यक बजेट छुट्याएको अर्थ मन्त्री डा. प्रकाशसरण महतले सोमबार बजेटमार्फत बताए। 

त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरको विकासका लागि बजेटको व्यवस्थापन भएको उनले बताए। 

कैलाली, रुपन्देही, धादिङलगायत जिल्लाका नजिकका अस्पतालका समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर सञ्चालनमा पनि ल्याइने उनले बताए।

सबै संघीय अस्पतालमा मानसिक रोगका लागि अन्तरंग सेवाको व्यवस्थापन गरिने भएको छ। 

स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता र पुनर्संरचना गरी दिगो बनाइने छ। सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन पनि हुने भएको छ। 

महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि नौ देखि १४ वर्ष बालबालिकालाई लक्षित गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप कार्यक्रमको विस्तार गरिने भएको छ। 

जेठ १५, २०८० सोमबार १९:२३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।