सहरी विकास मन्त्रालयको बजेट झण्डै दोब्बरले बढ्यो

सहरी विकास मन्त्रालयको बजेट झण्डै दोब्बरले बढ्यो

 काठमाडौँः सरकारले सहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्याएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८०/८१ बजेट सार्वजनिक गर्दै सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए। 

चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड मात्रै बजेट विनियोजन गरिएको थियो। यस मन्त्रालयलाई आगामी आवको लागि करिब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको हो। 

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आव २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए। 

जेठ १५, २०८० सोमबार १९:१५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।