दोलखा र बनेपामा इन्डोर फिल्म स्टुडियो बनाइने

दोलखा र बनेपामा इन्डोर फिल्म स्टुडियो बनाइने

काठमाडौंः सार्वजनिक-निजी साझेदारीमा दोलखा र काभ्रेको बनेपामा इन्डोर फिल्म स्टुडियो बनाउने घोषणा भएको छ।

सोमबार संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले फिल्म क्षेत्रमा आवश्यक रहेको इन्डोर स्टुडियो निर्माण गर्ने घोषणा गरेका हुन्। 

उनले नेपालमा चलचित्र पर्यटनको विकास गर्ने उद्देश्यले फिल्म स्टुडियो निर्माण गर्न लागेको बताए।

साथै उनले साहसिक पर्यटन तथा चलचित्र पर्यटनको प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने जानकारी दिएका छन्।

जेठ १५, २०८० सोमबार १९:०९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।