बागमती सफा राख्न ड्याम बनाइने

बागमती सफा राख्न ड्याम बनाइने

काठमाडौं : सरकारले बागमती क्षेत्रमा सफा पानी बगाउन शिवपुरी क्षेत्रमा ड्याम निर्माण गर्ने भएको छ।

अर्थमन्त्री डा. प्रकाशरण महतले बागमतीमा सफा पानी बग्ने अवस्था बनाउनको लागि आगामी वर्ष ड्याम निर्माण गरिने बताए।

नदी आसपासको बसोबास क्षेत्रबाट बागमतीमा ढल मिसिँदा नदी फोहोर बनेको छ।

बागमती क्षेत्रका सबैजसो मुल मुहान खानेपानीको प्रयोजनमा प्रयोग गरिएसँगै हिउँदमा बागमती सुख्खा बन्ने अवस्थामा छ।

नदीमा पानी सुक्न नदिन सरकारले ड्याम निर्माण गर्ने भएको हो।

जेठ १५, २०८० सोमबार १८:५९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।