त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तर बनाइने, फ्लड लाइट राखिने

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तर बनाइने, फ्लड लाइट राखिने

काठमाडौं : सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको रुपमा विकास गर्ने भएको छ।

बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशररण महतले त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको रुपमा विकास गर्ने बताएका हुन्। यस मैदानमा फ्लडलाइट राख्ने कार्य यसैवर्ष सम्पन्न गरिने उनले बताए।

मन्त्री महतले मुलपानी क्रिकेट मैदान रंगशालाको निर्माणकार्य सम्पन्न गर्ने, विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्णशमसेर क्रिकेट रंगशाला अघि बढाउन बजेट विनियोजन गरेको जानकारी दिए। 

जेठ १५, २०८० सोमबार १८:१४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।