विद्यार्थीको दिवा खाजा र सेनेटरी प्याडका लागि ९ अर्ब ८७ करोड
काठमाडौं : सरकारले दिवा खाजा र सेनेटरी प्याडको कार्यक्रमलाई निरन्तरता दिँदै ९ अर्ब ८७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
दिवा खाजाका लागि ८ अर्ब ४५ करोड विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।
दिवा खाजामा पत्रु खाजा नभई स्थानीय तथा रैथाने उत्पादनलाई प्रयोग गर्न प्रोत्साहित गरिने उनले बताए। यसबाट ३२ लाख विद्यार्थी लाभान्वित हुने उनले बताए।
यस्तै, सरकारले सेनेटरी प्याडका लागि १ अर्ब ४२ करोड रुपैया बजेट विनियोजन गरेको छ। यसबाट १० लाख विद्यार्थी लाभान्वित हुने अर्थमन्त्री महतको दाबी छ।
जेठ १५, २०८० सोमबार १७:५०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।