वैदेशिक रोजगारीमा गएकाको मृत्यु भए स्थानीय तहबाटै राहत दिइने

वैदेशिक रोजगारीमा गएकाको मृत्यु भए स्थानीय तहबाटै राहत दिइने

सरकारले विषेश आर्थिक क्षेत्रमा पूर्वाधार निर्माणका लागि ५४ करोड रुपैयाँ विनियोजन गरेको छ। 

आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्वाधार निर्माण सम्पन्न भएका औद्योगिक ग्राम स्थानीय तहलाई हस्तान्त्रण गरी सञ्चालनमा ल्याइने पनि बताए।

त्यस्तै औद्योगिक ग्राम निर्माणका लागि ४१ करोड विनियोजन गरिएको छ। 

-रेसाजन्य हाते कागज र हस्तकला उद्योगलाई अनुदान सहयोग गरिनेछ। आपूर्ति व्यवस्थालाई सहज बनाउन आधुनिक गोदाम निर्माण गरिनेछ। 

-मर्यादित रोजगारी सिर्जनाका लागि जोड दिइनेछ।

त्यस्तै वैदेशिक रोजगारीका क्रममा घाइते वा मृत्यु भएका परिवारले स्थानीय तहबाटै राहत पाउने व्यवस्था गरिने डा. महतले बताए।

-श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब ८ करोड विनियोजन।
-सन् २०२३ देखि २०३३ लाई पर्यटन दशकको रुपमा मनाइनेछ।
-अन्तरप्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहित गरिनेछ।

जेठ १५, २०८० सोमबार १७:४४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।