२५ हजार भूमिहीनलाई लालपूर्जा दिइने, रोकिएको कित्ताकाट खुलाइने

२५ हजार भूमिहीनलाई लालपूर्जा दिइने, रोकिएको कित्ताकाट खुलाइने

सरकारले आगामी आर्थिक वर्ष २५ हजार भूमिहीनलाई जग्गाधनी पूर्जा उपलब्ध गराइने भएको छ। 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताए। 

'भूमिको वर्गीकरणलाई पारदर्शी बनाइनेछ, केही वर्षदेखि रोकिएको जग्गाको किताकाट खुलाइनेछ,' उनले भने। 

स्थानीय तह र स्थानीय प्रशासनबीच समन्वय गरी सार्वजनिक जग्गाको संरक्षण गरिने र गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए। 

त्यस्तै बचत तथा ऋणको कारोबार गरिने सहकारीको नियमन गरिने पनि उनले बताए। 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब २४ करोड विनियोजन गरिएको छ भने औद्योगिकीकरणलाई तीव्रता दिइने डा. महतले बताए। 

जेठ १५, २०८० सोमबार १७:३३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।