खरिद प्रक्रियालाई पारदर्शी बनाइने, ठेक्का सम्झौताको प्रतिवेदनका आधारमा कारबाही गरिने

खरिद प्रक्रियालाई पारदर्शी बनाइने, ठेक्का सम्झौताको प्रतिवेदनका आधारमा कारबाही गरिने

काठमाडौंः खरिद प्रक्रियामा देखिएका समस्या समाधान गरी सार्वजनिक खरिदलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन ऐन र नियमावलीमा आवश्यक परिमार्जन गरिने भएको छ।

डा. प्रकाशशरण महतले संसदमा  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

ई-बिडिङलाई थप व्यवस्थित गरिने उनले बताए।

यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्क सम्झौता अनुगमन गर्ने र अनुगमनका क्रममा बनेका प्रतिवेदनका आधारमा कारबाहीका लागि कानुनी व्यवस्था गरिने बजेट महतले प्रस्तुत गरे। 

जेठ १५, २०८० सोमबार १६:५८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।