सबै प्रोत्साहन र अतिरिक्त खर्च खारेज, इन्धनको साटो रकम नै उपलब्ध गराइने

सबै प्रोत्साहन र अतिरिक्त खर्च खारेज, इन्धनको साटो रकम नै उपलब्ध गराइने

काठमाडौँ। सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त खर्च खारेज गर्ने भएको छ।

डा. प्रकाशशरण महतले संसदमा  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

अर्थमन्त्री महतले प्रशासनिक खर्च मितव्यियता बनाउन सरकारी साधन प्रयोग गर्ने सवारीकर्तालाई एकमुष्ठ रूपमा इन्धनबापत दिइने खर्च नगद नै प्रदान गरिने बताए। साथै अत्यावश्यक नपरे नयाँ दरबन्दी नखुलाउने पनि उनले बताए।  

यस्तै सरकारले प्रयोगविहीन सरकारी साधन ६ महिनाभित्र लिलामी गर्ने बताएको छ। 

जेठ १५, २०८० सोमबार १६:५५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।