प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत, पाँच मन्त्री र १८ सचिवसहित ८८ जना जाने

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत, पाँच मन्त्री र १८ सचिवसहित ८८ जना जाने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण मन्त्रिपरिषद्‌द्वारा स्वीकृत भएको छ।

सोमबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले प्रधानमन्त्रीले जेठ १७ देखि २० गतेसम्म गर्न लागेको भारतको औपचारिक भ्रमण स्वीकृत भएको जानकारी दिइन्।

यस्तै भारतमा भ्रमणमा जाने प्रतिनिधि मण्डलको टुंङ्गोसमेत मन्त्रिपरिषद्ले लगाएको उनले बताए। भ्रमणमा पाँच मन्त्री र १८ जना सचिवसहित निजी क्षेत्रका प्रतिनिधिहरू पनि छन्।

भ्रमण टोलीमा ८८ जनाको नाम समेटिएको र त्यो घटबढ हुनसक्ने प्रधानमन्त्रीको सचिवाललये जनाएको छ। प्रधानमन्त्रीको सचिवालयबाट भ्रमण टोलीमा प्रमुख सचिवसमेत रहेकी छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल हुनेछन्।

भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

यसका साथै समकक्षी नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकरसँग पनि प्रधानमन्त्रीको भेट हुनेछ।

जेठ १५, २०८० सोमबार १६:२१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।