बिन्दबासिनीले लिइन् सांसद्काे शपथ

बिन्दबासिनीले लिइन् सांसद्काे शपथ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

सिंहदरबारस्थित कानून समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन्।

रास्वपाले सांसद डा. ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि कारबाहीका लागि सिफारिस गरेको थियो।

श्रेष्ठलाई कारबाही गरेपछि समानुपातिकतर्फबाट कंसाकारलाई सांसद् बनाएको हो।

जेठ १५, २०८० सोमबार १६:०५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।