राष्ट्रपतिलाई विश्वविद्यालयको कुलपति बनाउन प्रधानमन्त्रीसँग नेविसंघको माग

राष्ट्रपतिलाई विश्वविद्यालयको कुलपति बनाउन प्रधानमन्त्रीसँग  नेविसंघको माग

काठमाडौं : नेपाल विद्यार्थी संघले विश्वविद्यालयको कुलपति राष्ट्रपतिलाई बनाउन प्रधानमन्त्रीसँग माग गरेको छ।

संघका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र दिँदै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने कानूनी व्यवस्था संशोधन गर्न माग गरेका हुन्।

भारत लगायतका देशमा कुलपति राष्ट्रपति हुने व्यवस्था रहेकाले नेपालमा पनि सोही व्यवस्था उत्तम हुने उनीहरूको राय छ।

शेर्पाले भेटमा उपकुलपति लगायतका पदाधिकारी नियुक्ति राजनीतिक भागवन्डाको आधारमा नगरी क्षमता र दक्षताको आधारमा गर्नसमेत माग गरे।

जेठ १५, २०८० सोमबार १६:०१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।