पाकिस्तान उच्चायोगले बन्द गर्‍यो दिल्लीको विद्यालय

पाकिस्तान उच्चायोगले बन्द गर्‍यो दिल्लीको विद्यालय

एजेन्सी : पाकिस्तान उच्चायोगले नयाँ दिल्लीस्थित आफ्नो विद्यालय बन्द गरेको छ।

उच्चायोगमा कार्यरत व्यक्तिका छोराछोरीलाई पढाउनका लागि निर्माण गरिएको विद्यालय बन्द गरिएको हो।

विद्यालयमा भर्ना भएका विद्यार्थी संख्या कम भएपछि विद्यालय बन्द गरिएको पाकिस्तान उच्चायोगका प्रवक्तालाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएको छ।

सन् २०२० भारत सरकारको आदेशमा पाकिस्तानले आफ्ना कर्मचारीको संख्या घटाएपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि घट्न थाल्यो।

‘चालू शैक्षिक सत्रको समाप्तिपछि भर्ना संख्या कम भएका कारण विद्यालयको सञ्चालन स्थगित गरिएको हो,’ पाकिस्तान उच्चायोगका प्रवक्तालाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले भन्यो।

विद्यालय साधारण बालबालिकाका लागि नभएर पाकिस्तान उच्चायोगका कर्मचारीका बच्चाहरूको लागि मात्र स्थापना गरिएको थियो।

जेठ १५, २०८० सोमबार १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।