झापामा मोटरसाइकलले मान्छे हान्यो, विर्तासिटी अस्पतालमा मृत्यु

झापामा मोटरसाइकलले मान्छे हान्यो, विर्तासिटी अस्पतालमा मृत्यु

काठमाडौं : झापामा विहानै मोटरसाइकल ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।

जिल्लाको कन्काई नगरपालिका–१ चुके कल्भर्टमा सोमबार विहानै मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, अनारमणीले जनाएको छ।

बाटो पार गर्दै गरेका भारतीय नागरिक ६५ वर्षीय दिपराज चरजलाई विहान पौने ५ बजे मे ९ प ५७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

उपचारको लागि विर्तासिटी अस्पताल पुर्याउनासाथ दिपराजलाई डाक्टरले मृत घोषणा गरेका थिए। मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जेठ १५, २०८० सोमबार १४:३४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।