मुगुमा पाइप बोकेको ट्याक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

मुगुमा पाइप बोकेको ट्याक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौं : मुगुको छाँयानाथ रारा नगरपालिका–१३ फलात्तामा गएराती ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

सदरमुकाम गमगढीबाट बामतर्फ खानेपानीको पाइप लिएर जाँदै गरेको लु ४ त ७३ ६८ नम्बरको ट्रयाक्टर गएराती ११ बजे सडाकबाट अन्दाजी ३० मिटर तल खसेको थियो।

दुर्घटनामा चालक रारा नगरपालिका १४ फाईपाटाका अन्दाजी २३ बर्षीय कासिराम बडुवाल र परिचालक सोही स्थान २५ बर्षीय शिव बडुवालको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको जानकारी सोमबार विहान ८ बजे  प्राप्त भएकोले प्रारम्भिक अनुसन्धान कार्य भईरहेको अस्थायी प्रहरी पोष्ट बाम मुगुले जनाएको छ।

जेठ १५, २०८० सोमबार १४:३०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।