सर्लाहीमा मिटरब्याजीविरुद्ध पर्‍यो १ हजार नौ सय २० उजुरी

सर्लाहीमा मिटरब्याजीविरुद्ध पर्‍यो १ हजार नौ सय २० उजुरी

मंगलवाः सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार ९ सय २० उजुरी परेका छन्।

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।

उजुरी परेका साहुकारहरूलाई मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया बढाइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

'मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घँडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि पीडितले काठमाडौँमा पुगेर आन्दोलन गरेका थिए', उनले भने। 

अनुचित लनेदेनसम्बन्धी कानुन बनाएर सरकारले अध्यादेशमार्फत उजुरी लिन सुरु गरेको थियो। मधेश प्रदेशको राजधानी जनकरपुरधाममा अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएपश्चात् आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदीले वैशाख २० गते यहाँका मिटरब्याज पीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग आवश्यक छलफल गरेका थिए। 

जेठ १५, २०८० सोमबार १३:३०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।