रञ्जु दर्शना विवेकशील साझाको संगठन विभाग प्रमुख

रञ्जु दर्शना विवेकशील साझाको संगठन विभाग प्रमुख

काठमाडौँः विवेकशील साझा पार्टीले विभिन्न विभाग गठन गरी तिनका प्रमुखहरू चयन गरेको छ। 

गरि विभागीय प्रमुखहरू चयन गरेको छ। पार्टीको मुख्यालय बखुन्डोलमा आइतबार बसेको केन्द्रीय समिति बैठकले ११ वटा विभागका प्रमुखहरू चयन गरेको हो। 

बैठकले संगठन विभागको प्रमुखमा महासचिव रञ्जु दर्शना, प्रशिक्षण विभागको प्रमुखमा उपाध्यक्ष प्रकाशचन्द्र परियार, नीति तथा कार्यक्रम विभाग प्रमुखमा उपाध्यक्ष मिलन पाण्डे, सदस्यता व्यवस्थापन विभाग प्रमुखमा उपाध्यक्ष विमला अधिकारी घिमिरे, तथ्यांक तथा अनुसन्धान विभाग प्रमुखमा सचिव विमल तामाङ, सूचना प्रविधि तथा सञ्चार विभाग प्रमुखमा पार्टी केन्द्रीय सदस्य सूर्यदीप रेग्मी, केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुखमा केन्द्रीय सदस्य नवराज थापा, वातावरण तथा सम्पदा विभाग प्रमुखमा केन्द्रीय सदस्य सुरज प्रधान, उद्यमशीलता तथा रोजगार विभाग प्रमुखमा केन्द्रीय सदस्य शिशिर बञ्जारा, अर्थ विभाग प्रमुखमा केन्द्रीय सदस्य निरञ्जन चापागाइँ र कृषि तथा सहकारी विभाग प्रमुखमा केन्द्रीय सदस्य धनेज थापालाई जिम्मेवारी दिने निर्णय गरेको परियारले जानकारी दिए। 

१५ जेठ, २०८०, ०८:३०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।