विद्युत प्राधिकरणसहित पाँच सार्वजनिक संस्थाको नाफा ३२ अर्ब, आयल निगमसहित पाँच संस्थाको घाटा ४० अर्ब

काठमाडौँ : पाँच सार्वजनिक संस्थाले आव २०७९/८० मा कुल ३२ अर्ब २५ करोड रूपैयाँ खुद नाफा कमाएका छन्। पाँच कम्पनी कुल ४० अर्ब ७८ करोड रूपैयाँ घाटामा छन्।
नाफामा नेपाल विद्युत प्राधिकरणले नेपाल टेलिकमलाई उछिनेको छ। प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १३ अर्ब ३७ करोड खुद नाफा कमाएको छ। टेलिकमले ८ अर्ब ४७ करोड रूपैयाँमा नाफा गरेको छ।
राष्ट्रिय वाणिज्य बैङ्कले ४ अर्ब २९ करोड, नागरिक लगानी कोषले ३ अर्ब १० करोड र निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ अर्ब रूपैयाँ बढी खुद नाफा गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/७९ मा सार्वजनिक संस्थानको वार्षिक स्थितिमा ४४ सार्वजनिक संस्थाहरूमध्ये २५ वटा नाफामा गएको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा नाफा कमाउने संस्था ३ वटा थपिएको छ।
यी संस्थानहरूमा सेयर तथा ऋण लगानी २०७९ असारसम्म ६ खर्ब १८ अर्ब पुगेको छ।
सार्वजनिक संस्थानबाट सरकारले ६ अर्ब १६ करोड रुपैयाँ लाभांश (लगानीको जम्मा १ प्रतिशत) पाएको देखिन्छ। सार्वजनिक संस्थानको सञ्चालन आय ३६.२ प्रतिशतले वृद्धि भएर ५ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ।
सबैभन्दा बढी घाटामा नेपाल आयल निगम रहेको। निगम आव २०७८/७९ मा ३८ अर्ब १७ करोड रूपैयाँ घाटामा गएको छ। नेपाल वायुसेवा निगम १७ अर्ब, नेपाल खानेपानी संस्थान ३९ करोड, दुग्ध विकास संस्थान ३७ करोड र नेपाल औषधि लिमिटेड १३ करोड रूपैयाँ घाटामा छन्।
जेठ १४, २०८० आइतबार १८:४०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।