टोपबहादुर बुढासहित १९ जनालाई आममाफी, ४८२ जनाको कैद मिनाहा

टोपबहादुर बुढासहित १९ जनालाई आममाफी, ४८२ जनाको कैद मिनाहा

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले टोपबहादुर बुढासहित १९ जनालाई आम माफी दिएका छन्।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले १९ जनालाई आममाफी दिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

यस्तै उनले ४८२ कैदीको बाँकी कैद मिनाहासमेत गरेका छन्। आममाफी र कैद मिनाहा पाएका कैदीहरू गणतन्त्र दिवसको अवसरमा सोमबार रिहा हुनेछन्।

गणतन्त्र दिवस र संविधान दिवसको अवसरमा राष्ट्रपतिले आममाफी र कैद मिनाहा गरिँदै आएको छ।

जेठ १४, २०८० आइतबार १८:३५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।