१५ फिट गहिराइबाट निकालियो पौडी खेल्न गएका गुरुङको शव

१५ फिट गहिराइबाट निकालियो पौडी खेल्न गएका गुरुङको शव

काठमाडौं : कास्कीको पोखरास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव प्रहरीले फेला पारेको छ।

अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६१ वर्षीय मीनबहादुर गुरुङ पौडी खेल्न जाँदा बेपत्ता भएका थिए।

गुरुङको शव सशस्त्र प्रहरी बलको टोलीले खोलाको १५ फिट गहिराइबाट शनिबार निकालिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

उनकोे शव पोष्टमार्टमको लागि गण्डकी अस्पताल कास्कीतर्फ पठाइएको छ।

जेठ १४, २०८० आइतबार १७:४४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।