जसपाको विधान मस्यौदा अनुमोदन, केन्द्रीय समिति बैठक असार ९ मा बस्ने

जसपाको विधान मस्यौदा अनुमोदन, केन्द्रीय समिति बैठक असार ९ मा बस्ने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा), नेपालको विधान मस्यौदा पारित भएको छ।

आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मस्यौदा समितिले तयार पारेको विधानको मस्यौदा अनुमोदन गरेको हो।

बैठकले पार्टीको राजनीतिक समिति र केन्द्रीय समितिको बैठक असार ९ गते गर्ने निर्णयसमेत गरेको छ।

कमलादीस्थित प्रज्ञा भवनको हल व्यवस्थापनका कारण विधान अधिवेशन असार १०, ११ र १२ गर्ने  निर्णय भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

जेठ १४, २०८० आइतबार १६:५६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।