बर्दियामा ७० वर्षीया वृद्धा बलात्कारको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

बर्दियामा ७० वर्षीया वृद्धा बलात्कारको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

काठमाडौं : बर्दियामा ७० वर्षीया वृद्धा बलात्कारको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारू रहेका छन्। उनलाई शनिबार दिउँसो पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ।

थारुले ती महिलालाई शुक्रबार पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जेठ १४, २०८० आइतबार १६:०८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।