नुवाकोटका रिमाल गजुरीस्थित त्रिशुली नदीको किनारमा मृत भेटिए

नुवाकोटका रिमाल गजुरीस्थित त्रिशुली नदीको किनारमा मृत भेटिए

काठमाडौं : धादिङको गजुरीस्थित त्रिशुली नदी किनारमा एक वृद्ध मृत अवस्थामा भेटिएका छन्।

गजुरी गाउँपालिका–५ गजुरीस्थित त्रिशुली नदीको किनारमा नुवाकोटको विदुर नगरपालिका–३ सिर्खाली बस्ने ८० वर्षीय कृष्णबहादुर रिमाल शनिबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

उनको मृत शरीरलाई पोस्टमार्टम गरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

जेठ १४, २०८० आइतबार १६:०३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।