साथीको कोठामा आएकी किशोरी बलात्कृत, एक जना पक्राउ

साथीको कोठामा आएकी किशोरी बलात्कृत, एक जना पक्राउ
सांकेतिक तस्बिर

काठमाडौं : साथीको कोठामा आएकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११ स्टापचोक बस्ने २७ वर्षीय विवेक श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

विवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएको बेलामा बलात्कार गरेको भन्ने उजुरीको आधारमा शनिबार साँझ पक्राउ गरिएको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

जेठ १४, २०८० आइतबार १५:५०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।