सर्लाहीमा ट्याक्टरले किचेर एक जनाको घटनास्थलमै मृत्यु

सर्लाहीमा ट्याक्टरले किचेर एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौं : सर्लाहीमा ट्याक्टरको चक्काले किचेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको चन्द्रनगर गाउँपालिका–७ मा आइतबार विहान ट्याक्टरको चक्काले किच्दा १ जनाको घटनास्थनमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।

मृत्यु हुनेमा स्थानीय शिवशक्ति ईट्टा उद्योगका कामदार भारतीय नागरिक ३० वर्षीय श्याम बर्मा रहेका छन्।

सोही ईट्टाभट्टाको को १ त ४७०४ नम्बरको ट्याक्टरमा ईट्टा लोड गरी अगाडी बढाउने क्रममा ट्याक्टरको पछाडीको चक्काले बर्मालाई विहान पौने ५ बजे किचेको थियो।

ट्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय केशरगंजले नियन्त्रणमा लिएको छ।
 

जेठ १४, २०८० आइतबार १५:४४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।