कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हरिलाई एमालेको सम्मान

कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हरिलाई एमालेको सम्मान

काठमाडौँः कृत्रिम खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न सफल हरि बुढा मगरलाई नेकपा एमालेले सम्मान गरेको छ।

आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी ओलीले उनलाई सम्मान गरे। 

कार्यक्रम ओलीले बुढा मगरको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरूका मात्रै नभएर विश्वकै लागि प्रेरणादायी रहेको बताएका थिए।

‘हरि बुढा मगरजीको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ । मानिसले साहस गर्यो भने, मानिसले संकल्प गर्यो भने असम्भव देखिएका चिजहरू पनि सम्भव हुन्छ,’ ओलीले भने। 

जेठ १४, २०८० आइतबार १५:२२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।