बाहिर पहिचानवादीको आन्दोलन, भित्र प्रहरी सुरक्षा घेरामा कोशी प्रदेशसभा बैठक

बाहिर पहिचानवादीको आन्दोलन, भित्र प्रहरी सुरक्षा घेरामा कोशी प्रदेशसभा बैठक

विराटनगरः पहिचान पक्षधरहरूको आन्दोलनले उग्र रूप लिए पनि कोशी प्रदेश सभाको बैठक सुरु भएको छ। 

प्रहरी सुरक्षा घेरामा कोशी प्रदेशसभा बैठक चलिरहेको छ।

बैठकमा प्रदेशसभा सांसदहरूहरूले आन्दोलनरत पक्षधरहरूसँग सरकारले बेलैमा वार्ता गरेर यसको निकास खोज्नुपर्ने सुझाव दिइरहेका छन्। 

आइतबार विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। उक्त झडपमा केही घाइते भएका छन्। प्रहरीले आन्दोलनरत प्रदर्शनकारीलाई दबाउन अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। 

जेठ १४, २०८० आइतबार १४:३७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।