कोशी नामकरणविरुद्ध प्रदेशसभा भवन अगाडि आन्दोलन, पहिचानका पक्षधर पक्राउ

कोशी नामकरणविरुद्ध प्रदेशसभा भवन अगाडि आन्दोलन, पहिचानका पक्षधर पक्राउ
तस्बिर : संगम खनाल

विराटनगर : पहिचानका आधारमा कोशी प्रदेशको पुनः नामकरण गर्न माग गर्दै प्रदेशसभा भवन अगाडि आन्दोलन थाले लगत्तै प्रदर्शनकारीहरू पक्राउ परेका छन्।

आज प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्न थालेका करिब दुई दर्जन पहिचानका पक्षधर प्रदर्शनकारीहरू पक्राउ परेका हुन्। उनीहरूले निषेधित क्षेत्रभित्र प्रदर्शन गर्न थालेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले किराँत राई यायोख्खाका केन्द्रीय अध्यक्ष जिवन हताजु राईलाई पनि पक्राउ गरेको बताइएको छ।

प्रदेशसभाले गत फागुन १७ गते  प्रदेशको नाम कोशी राखेपछि आज पहिलो पटक प्रदेशसभा बैठक बस्न लागेको छ।कोशी प्रदेश सभाको दोस्रो बैठक तथा बजेट अधिवेशन आज दिउँसो २ बजेका लागि बोलाइएको छ।

यसैलाई लक्षित गरेर कोशी प्रदेशको नाम परिवर्तन गर्नुपर्ने मागसहित उनीहरूले आन्दोलनको घोषणा गरेका थिए।

१४ जेठ, २०८०, ११:२३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।