भारतीय सञ्चारमामाध्यमले लेखे- नेपाल वायुसेवा निगमको जहाज चरासँग ठोक्किएर काठमाडौँ फर्कियो

भारतीय सञ्चारमामाध्यमले लेखे- नेपाल वायुसेवा निगमको जहाज चरासँग ठोक्किएर काठमाडौँ फर्कियो

भारतको बैंगलोर जाँदै गरेको नेपाल एयरलाइन्सको विमानसँग चरासँग ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त विमान शनिबार चरासँग ठोक्किएपछि काठमाडौं फर्काइएको समाचारहरूमा उल्लेख छ।​​​​​​

उक्त विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको र विमान सकुशल अवतरण भएको भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ।

प्राविधिकहरूले विमानको जाँच गरिरहेका जनाइएको छ।

शनिबार दिउँसो पौने २ बजे उक्त दुर्घटना हुनबाट टरेको र बेंगलुरुको उडान RA-244 का यात्रुहरूले ठूलो आवाज सुनेको बताएका समाचारमा उल्लेख छ। 

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमान सकुशल अवतरण गरेको जानकारी दिएका थिए। विमानमा १५६ जना यात्रु सवार थिए ।

जेठ १३, २०८० शनिबार २३:२५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।