झापामा मलामी बोकेको बसको ठक्करबाट बालिकाको मृत्यु

झापामा मलामी बोकेको बसको ठक्करबाट बालिकाको मृत्यु
दुर्घटनास्थल

झापाः झापामा मलामी बोकेर फर्कँदै गरेको बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।

जिल्लाको बुद्धशान्ति गाउँपालिकाको जोरलाबरमा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। 

पालिकाकै वडा नम्बर ६ को शान्ति आदर्श माविको ना४ख १३१३ नम्बरको गाडीको ठक्करबाट ८ वर्षीया सोमिया तामाङको ज्यान गएको हो।

मेची राजमार्गको कालिखोला(बर्ने खण्डबाट झन्डै १ किलोमिटर पूर्व)मा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारका लागी बिर्तामोडस्थित बीएन्ड सी अस्पताल लगिए पनि उपचारकै क्रममा उनको ज्यान गएको हो। 

प्रहरीले बस चालक ५२ वर्षीय प्रेमकुमार राई र सवारीलाई नियन्त्रणमा लिएको छ। 

विद्यालयका पूर्वसहायक प्रधानाध्यापक लोकनाथ शर्माको अन्त्येष्टिमा गएका मलामी लिएर फर्कने क्रममा दुर्घटना भएको विद्यालयका प्रधानाध्यापक अनिल खतिवडाले जानकारी दिए।

जेठ १३, २०८० शनिबार २०:२७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।