प्रधानमन्त्रीलाई सांसदको प्रश्नः चुरेको ढुंगागिटी बेच्ने निर्णयमा बिचौलियाको कत्तिको भूमिका छ ?

प्रधानमन्त्रीलाई सांसदको प्रश्नः चुरेको ढुंगागिटी बेच्ने निर्णयमा बिचौलियाको कत्तिको भूमिका छ ?

काठमाडौँः सांसद भीम आचार्यले सरकारले चुरेक्षेत्रको ढुंगागिटी बेच्ने निर्णयप्रति आपत्ति जनाएका छन्।

शनिबार नीति तथा कार्यक्रमप्रति सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले दिएपछि सांसदहरूले बोल्ने क्रममा सांसद आचार्यले यस्तो प्रश्न गरेका हुन्। 

उनले प्रधानमन्त्रीलाई सोधे, 'ढुंगा गिटी यो देशमा बिक्री गर्ने, बिजुली प्रयोगको जुन प्राथमिकता तोकिएको छ। कृषि क्षेत्रका जति कार्यक्रम आउन खोजिरहेका छन्। त्यो चै हाम्रो कार्यक्रममा राख्नलाई बिचौलियाको कत्तिको भूमिका छ ? 

सरकारले जेठ ५ गते संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘वातावरण प्रतिकूल नहुने गरी नदीजन्य ढुंगा, गिट्टी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानूनी व्यवस्था गरिनेछ। चुरे संरक्षण गर्दै वातावरणीय ह्रास नहुने गरी त्यस्ता खनिज वस्तुको उत्पादन र निर्यातको व्यावसायिक सम्भावना खोजिनेछ,’ नीति तथा कार्यक्रमको ४२ नमबर बुँदामा भनिएको छ।

 

१३ जेठ, २०८०, २०:१४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।