भुटानी शरणार्थी प्रकरण सरकारले आविष्कार गरेको होइन, हिंड्दै जाँदा देखापर्‍यो : प्रचण्ड

भुटानी शरणार्थी प्रकरण सरकारले आविष्कार गरेको होइन, हिंड्दै जाँदा देखापर्‍यो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरण यो सरकारले आविष्कार गरेको विषय नभएको बताएका छन्।

शनिबार प्रतिनिधि सभा सदस्यको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले भ्रष्टाचारको अनुसन्धानको काम ​​​​​​​पहिलैदेखि चल्दै आएको बताए।

‘नक्कली​​​​​​​ भुटानी शरणार्थी प्रकरण यो सरकारले आविष्कार गरेको विषय होइन। हिँड्दै जाँदा देखापर्यो। हामीले यसपछि​​​​​​​कोही दोषी नछुटुन् र कोही निर्दोष नपारुन् भनेर स्टाण्डिङ अर्डर लिएका छौं,’ उनले भने।

‘अब त यो विषय प्रहरीबाट अदालत पुगिसक्यो। अब अदालतले दूधको दूध पानीको पानी छुट्टाउने नै छ,’ उनले थपे।

साथै प्रचण्डले सरकारको ध्यान अन्य बेथितिमा पनि भएको र त्यसमा सबै राजनीतिक दल रसदनको सहयोग आवश्यक भएको बताए।

जेठ १३, २०८० शनिबार १९:१६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।