संसद्मा स्पष्टीकरण दिंद‍ै प्रचण्डले भने : पशुपतिको जलहरीका विषयमा ओलीलाई जोडेर बोल्नु अनुचित

संसद्मा स्पष्टीकरण दिंद‍ै प्रचण्डले भने : पशुपतिको जलहरीका विषयमा ओलीलाई जोडेर बोल्नु अनुचित

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको विषयका बारेमा प्रमुख प्रतिपक्षी दलका नेता (केपी ओली)लाई जोडेर विचार व्यक्त हुनु उचित नभएको बताएका छन्।

माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सुनको नभएर ओली सरकारले पित्तलको राखेको बताएका थिए।

यसपछि एमालेले हिजो संसद अवरुद्ध गरेपछि आज (शनिबार) बसेको बैठकमा प्रधानमन्त्रीले यो स्पष्टीकरण दिएका हुन्।

उनले भने, ‘पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो। जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन भइरहेको छ। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्नेछ।’

‘पशुपति विकास कोषमा लगाइएको जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन,’ उनले थपे।

जेठ १३, २०८० शनिबार १७:३९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।