पूर्वराजालाई सुझाव दिंदै झलनाथले भने : बरु राप्रपाको अध्यक्ष बन्नुस् वा एउटा नयाँ पार्टी ‍खोल्नुस्

पूर्वराजालाई सुझाव दिंदै झलनाथले भने : बरु राप्रपाको अध्यक्ष बन्नुस् वा एउटा नयाँ पार्टी ‍खोल्नुस्

काठमाडौं : एकीकृत समाजवादीका नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न वा नयाँ दल खोल्न सुझाव दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अब नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको समेत बताए।

‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन्। उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्छन्,’ उनले भने।

‘एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्। बरु राप्रपाको अध्यक्ष बन्नुस् वा एउटा पार्टी खोल्नुस्,’ उनले थपे। 

जेठ १३, २०८० शनिबार १६:४६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।