भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म हामी विश्राम लिंदैनौं : रवि लामिछाने

भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म हामी विश्राम लिंदैनौं : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन्।

शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै उनले भ्रष्टहरूलाई देशबाट नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका हुन्।

‘नेपाली जनताले भ्रष्टाचार निर्मूल पार्नु पर्यो भनेर घण्टी बजाएका हुन्। नेता नभएर होइन। पार्टी नभएर होइन। झण्डा नभएर होइन, चुनाव चिन्ह नभएर होइन। यो कुरा हामीले बुझेका छौं,’ उनले भने।

‘त्यसकारणले जतिसुकै घेराबन्दी हुन्। जतिसुकै मुद्दा चल्दै गरुन्। भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं,’ उनले थपे।

जेठ १३, २०८० शनिबार १६:१४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।