बेंगलोर उडेको नेपाल एयरलाइन्सको विमानमा चरा ठोक्किएको आशंका, काठमाडौं नै फर्काएर परिक्षण गरिंदै

बेंगलोर उडेको नेपाल एयरलाइन्सको विमानमा चरा ठोक्किएको आशंका, काठमाडौं नै फर्काएर परिक्षण गरिंदै

काठमाडौं : जहाजमा चरा ठोक्किएको शंका लागेपछि काठमाडौंबाट बेंगलोर उडेको नेपाल एयरलाइन्सको विमानलाई काठमाडौं नै फर्काइएको छ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार आज शनिबार दिउँसो काठमाडौंबाट भारतको बेंगलोरका लागि उडेको आरए जहाजमा चार ठोक्किएको आशंका गरिएको थियो।

यसपछि विमानलाई त्रिभुवन विमानस्थलमा नै फर्किएको हो। हाल उक्त विमानको परीक्षण भइरहेको जनाइएको छ।

जेठ १३, २०८० शनिबार १५:४७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।