फिल्म ‘सिर्फ एक बन्दा काफी है’को बाबा पात्रको अनुहारमा नाचेको पल र सन्दीपको छायाँ

फिल्म ‘सिर्फ एक बन्दा काफी है’को बाबा पात्रको अनुहारमा नाचेको पल र सन्दीपको छायाँ

पीडितको जन्म मिति २०६१ असार कि २०६२ असार? यसैमा अड्किरहेको छ क्रिकेटर सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दा।

पीडित सेल्टरमा छिन्। मानसिक तनाव कम गराउन परामर्शमा छिन्। दुवै तहको अदालतका न्यायाधीशको आदेशमा सन्दीप भने धरौटीमा छन्, विदेश जान पाउने अनुमतिसहित। 

नेपाल क्रिकेट संघ (क्यान) को संवेदनाहिन नेतृत्वको निर्णयले गम्भीर अपराधको अभियुक्त हुँदाहुँदै देशको प्रतिनिधित्व गर्ने अवसर पाइरहेका छन् उनले। नाबालिग बलात्कारको अभियुक्तको ज्यानमा राष्ट्रिय टिमको जर्सी छ।

उनका भावुक भनाइ पटक-पटक सार्वजनिक हुन्छन् अनि त्यही भावुक भनाइको आधारमा मिडिया ट्रायल जारी छ उनको पक्षमा। 

यस्तै, पीडितको जन्म मिति १९९४ कि १९९६? यही प्रश्नमा घुमेको छ ओटीटीमा रिलिज भएको हिन्दी फिल्म ‘सिर्फ एक बन्दा काफी है’।

फिल्म धर्मको आडमा किशोरीहरुको बलात्कार गर्ने बाबा, उनलाई जोगाउन खोज्ने भक्त र शक्ति अनि जसरी पनि बाबाको आवरणमा रहेको बलात्कारीलाई सजाय दिन सक्रिय वकिलको संघर्षमा केन्द्रित छ। 

१६ वर्षकी नुर सिंह बाबाले चलाएको स्कुलमा पढ्छिन्। उनलाई राती सुतेको बेलामा ऐठन हुन्छ। विद्यालयकी साध्वीले नुरलाई भुत लागेको भन्दै भुत झार्न बाबाको आश्रममा पठाउनुपर्ने बताउँछिन्। 

कथा भारतको हो, पात्रहरू पनि। तर फिल्म हेरिरहँदा बाबाको अनुहार कहिले अभिनेता पल शाहझैं देख्छु त कहिले सन्दीप लामिछानेको। 

किशोरीका बुबा पनि बाबा भक्त। विभिन्न आश्रममा खोज्ने क्रममा बाबा जोधपुर आश्रममा भेटिन्छन्। बाबाले उपचारको बहानामा बलात्कार गर्छन् किशोरीलाई।

आफूले भगवान समान मानेको व्यक्तिले छोरीको बलात्कार गरेपछि परिवार प्रहरीकोमा जान्छन्। जाहेरी दर्ता हुन्छ।

मुद्दा प्रक्रियाकै क्रममा सरकारी वकिलले आरोपीसँग पैसाको बार्गेनिङ गरेको चाल पाएपछि प्रहरीकै सुझाव अनुसार पीडित परिवार अर्को वकिलकोमा पुग्छन्। 

बलात्कारी बाबा, वकिल अनि पीडित परिवार। त्यसपछि फिल्ममा त्रिकोणात्मक द्वन्द्व सुरु हुन्छ।

फिल्मको अधिकांश दृष्य कोर्ट रुममा खिचिएको छ। तर वकिल बनेका मनोज बाजपेयीको दमदार अभिनयले झिंजो लाग्न दिएका छैन दर्शकलाई। 

पात्रका आधारमा फिल्म आशाराम बापु केन्द्रित हो भन्ने प्रष्ट देखिन्छ। कथा पुरानो पनि हैन। सस्पेन्स पनि छैन। तै पनि निर्देशकले दर्शक बाध्नेगरी फिल्म निर्देशन गरेका छन्। 

परिचित घटनामा कौतूहलता मिसाउन निर्देशकले वकिल पीएस सोलाङकी (मनोज बाजपेयी)को जीवन ल्याएर जोडिदिएका छन्। फिल्म एक पीडिताले न्याय पाउने वा नपाउनेमा केन्द्रित झैं लाग्छ। तर यति मात्र हैन।

विभिन्न आवरणमा समाजमा प्रभाव पारिरहेका व्यक्तिको असली चरित्र सार्वजनिक हुँदा पनि उनका प्रशंसकको मन बदलिन्छ या बदलिंदैन भन्ने मुख्य पक्ष हो। यसलाई निर्देशकले सूक्ष्म रुपमा देखाएका छन्, सोलाङकीको आमामार्फत।

टेलिभिजनमा बाबालाई एक किशोरीले बलात्कारको आरोप लगाएको समाचार प्रशारण भइरहेको बेला सोलाङकीकी आमा भन्छिन्, ‘राम्रो मान्छेलाई बदनाम गर्न किन मान्छे लागेका होलान्?’ पछि उनै आमा  बाबालाई जेल हाल्न मुद्दा जितेर आउन सोलाङकीलाई आशीर्वाद दिन्छिन्।

यता सन्दीपको घटनामा पीडित पक्षलाई प्रभावमा पार्न नसकेपछि राज्य संयन्त्र र कोर्टलाई प्रभावमा पार्ने खेल जारी छ। त्यसको प्रमाण हो पटक-पटक एकै प्रमाण मगाउने आदेश। 

कथा भारतको हो, पात्रहरू पनि। तर फिल्म हेरिरहँदा बाबाको अनुहार कहिले अभिनेता पल शाहझैं देख्छु त कहिले सन्दीप लामिछानेको। 

बहसका लागि अदालत लैजाँदा भिड्ने बाबाका भक्तहरुको अनुहारमा कहिले ‘सन्दीप हाइ-हाइ’ भन्ने कीर्तिपुर तिरको भिड देख्छु। कहिले ‘पल त मेरो मुटुमा छ’ भन्ने अभिनेत्री देख्छु। 

अर्थात्, फिल्म भारतको कथामा बने पनि यो भारतको मात्र कथा हैन। दवाव र प्रभावमा कानुनलाई आफू अनुकूल बनाउन सकिने नेपाल जस्ता देशको कथा पनि हो। त्यसैले त फिल्म हेर्दा उताका पात्रमा यताका अनुहार मिसिन सम्भव भयो।

कथामा एक सकारात्मक पात्र छन्, वकिल पुनम चन्द सोलाङकी (मनोज बाजपेयी)। विडम्बना, तीनको मुहारमा यताका कसैको मुहार नाचेन।

नाच्न सम्भव थियो यदि पल शाहको केसमा पीडितले अदालतमा बयान बदलेको भन्दै सहयोगी वकिलहरुले साथ नछाडेको भए। नाबालिगलाई साथ दिने भन्दै प्रारम्भिक बहसमा संलग्न भएकाहरु उनै नाबालिगले होस्टायल भएर बयान बदल्दा ‘अब के बहस गर्नु’ भनेर साइड लागे। 

सायद त्यसरी साइड नलागेको भए दुवै जिल्ला अदालत हुँदै उच्चबाट आएको फैसलाको प्रकृति बदलिन सक्थ्यो। 

माइलेज र फुटेज पाउन मात्र प्रारम्भिक बहसमा सहभागी भएका त थिएनन्? त्यो बेलामा टेलिभिजनको पर्दामा पीडितको पक्षमा चर्को बहस गरिरहेको एकाध अधिवक्ताको दृष्य सम्झँदा शंकै लाग्छ। 

भारतमा निर्भया घटनापछि बदलिएको बलात्कार सम्बन्धी कानुनको सकारात्मक प्रभाव देखिन्छ फिल्ममा, जसले नाबालिगको हकमा आरोपीलाई सकेसम्म उम्कने स्थान कमै दिएको छ।

फिल्ममा एक पात्र छन् सरकारी वकिल जो पीडितलाई अन्य कसैसँग सम्पर्क गर्न नदिई आरोपी पक्षसँग बार्गेनिङ गरेर पैसा कमाउन चाहन्छन्। कतै यहाँ यो दृष्य पनि सत्य त भएन नि!

पल रिहा भइसकेपछि टेलिभिजनमा आएको पीडितको अन्तर्वार्तामा उनले पटक-पटक भनेकी छिन्, ‘म गलत हैन। तर उनलाई निकाल्न आफै गलत बन्नुपर्यो।’

अर्थात बलात्कार भएकै हो। तर जीवनभर जेलमा बस्ने भएकाले बयान बदलेर जेलमुक्त गराएँ। होस्टायल भनेको यही हैन र!

यता सन्दीपको घटनामा पीडित पक्षलाई प्रभावमा पार्न नसकेपछि राज्य संयन्त्र र कोर्टलाई प्रभावमा पार्ने खेल जारी छ। त्यसको प्रमाण हो पटक-पटक एकै प्रमाण मगाउने आदेश। 

जन्म मिति खुल्ने वडाको रेकर्ड छ। त्यसैको आधारमा नागरिकता बनिसक्यो। तै पनि अदालत सन्तुष्ट छैन। फिल्ममा पनि किशोरी बालिग भएको प्रमाणित गर्न जन्म मितिमै खेलिन्छ। भर्नै नभएको विद्यालयमा भर्ना भएको भन्दै जन्म मिति बदलिन्छ। धन्न वकिल सोलाङकीको चतुर्याइँले त्यो खेल असफल हुन्छ।

अनि सुरु हुन्छ भावनाको खेल। बाबाले अस्पताल चलाएको, विद्यालय चलाएको आश्रम चलाएकाले उनलाई जेल भए गरिब बिरामीले उपचार नपाउने, गरिबले पढ्न नपाउने अनि खान नपाउने तर्क गर्छन् पक्षका वकिल।

पीडितका वकिल सोलाङकी भन्छन्, ‘सर अस्पताल, स्कुल र आश्रम चलाउनु बलात्कार गर्न पाउने लाइसेन्स हैन।’

तेस्रो खेल रचिन्छ स्वास्थ्यको। बाबालाई नशा सम्बन्धी गम्भीर रोग रहेको र भारतमा उपचार सम्भव नभएकाले अमेरिका लैजाने अनुमति माग्छन्। त्यसलाई पनि असफल बनाउन सफल हुन्छन् सोलाङकी।

यहाँ पनि कोही कलाकारको भेषमा त कोही खेलाडीको भेषमा यस्तै महापापमा तल्लीन छन्। भक्तजन जयजयकारमा मग्न छन्।

यहाँ सन्दीपलाई धरौटीमा निकाल्नदेखि विदेश जाने अनुमति दिनसम्म जे-जे भएका थिए त्यही-त्यही देखियो फिल्ममा। फिल्म आशाराम बापुको घटनाबाट प्रभावित हो कि पल र सन्दीपको घटनाबाट कन्फ्युज गराउने दृष्य टन्नै भेटियो।

भारतमा निर्भया घटनापछि बदलिएको बलात्कार सम्बन्धी कानुनको सकारात्मक प्रभाव देखिन्छ फिल्ममा, जसले नाबालिगको हकमा आरोपीलाई सकेसम्म उम्कने स्थान कमै दिएको छ।

त्यही बलियो कानुनको बलमा उनी लडाई जित्न सफल हुन्छन्। यहाँ के हुन्छ यसै भन्न सकिन्न। फिल्मको अन्त्यमा सोलाङकीले एक कथा सुनाउँछन् शिव र रावणको।

रामले रावणलाई मारे पनि उनको आत्मा भड्किरहन्छ। पार्वतीले शिवलाई सोध्छिन्, ‘आफ्नो भक्तप्रति किन यति कठोर?’

शिव भन्छन्, ‘पाप तीन प्रकारका हुन्छन्। पहिलो अन्जानमा हुने, जुन क्षमा गर्न सकिन्छ। अर्को अतिपाप, जो हत्या, अपहरण लगायतका गम्भीर घटना। र अर्को महापाप। रावरणले महापाप गरेका हुन्।’

पार्वतीले भन्छिन्, ‘रावणले गरेको पाप त अतिपाप हो त।’

शिव भन्छन्, ‘रावणले आफै सिताको अपहरण गरेको भए अतिपाप हुन्थ्यो। म क्षमा गर्न सक्थें। तर साधुको भेष धारण गरेर समस्त साधु सन्तको अपमान गर्यो। त्यसैले त्यो महापाप हो।’

यहाँ पनि कोही कलाकारको भेषमा त कोही खेलाडीको भेषमा यस्तै महापापमा तल्लीन छन्। भक्तजन जयजयकारमा मग्न छन्।

१३ जेठ, २०८०, १५:२१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।