लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्नुपर्छ : देउवा

लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्नुपर्छ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्ने बताए।

‘प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र हो, प्रजातन्त्रको खिलापमा केही शक्ति लागेका छन्, यसप्रति सबै सजग हुनुपर्छ,’ उनले भने।

जेठ १३, २०८० शनिबार १४:३१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।