भ्रष्टाचारविरुद्ध अझै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल

भ्रष्टाचारविरुद्ध अझै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि सयमभित्र भ्रष्टाचार विरुद्ध ठूल्ठूला एक्सन हुन लागेको बताएका छन्।

प्रेस सेन्टर नेपालको १९औं साधारण सभा एवं २१औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै दाहाले यस्तो बताएका हुन्।

प्रधानमन्त्री दाहालले युद्धदेखि शान्ति प्रक्रियाको हालको अवस्थामा आइपुग्दाको अनुभवको आधारमा आफू देशको नेतृत्व लिने निर्णयमा पुगेको बताए।

सरकारले सुशासन र समृद्धिको संकल्पका साथ काम सुरु गरेको बताए। सरकारले नेतृत्व गरेर यहाँसम्म आउँदा एउटा नयाँ अन्दोलन नयाँ अभियान र नयाँ सस्कारको सुरुवात हुन खोजेको महशुस जनतामा भएको प्रधानमन्त्रीले बताएका छन्।

जनयुद्धका क्रममा जुन मानसिकताका साथ हाम फालिएको थियो अहिले सुशासन,समृद्धि र भ्रष्टाचारका विरुद्ध त्यहि मानसिकताका साथ हाम फालेको प्रधानमन्त्रीले बताए। विचार, राष्ट्र र जनताको निम्ति नयाँ सकल्पका साथ लागेको बताए।

प्रधानमन्त्री प्रचण्डले भने– ‘१० वर्षे जनयुद्धको को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौं, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथितिविरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौं। हामीलाई विरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन। जसरी विचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौँ, त्यसैगरी अहिले पनि हामी त्यहि शंकल्पका साथ लागेको छौं।’

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौं जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा साथ दिने बताएका छन्।

उनले भने, ‘जसरी १० वर्षे जनयुद्धमा लाखौ करोडौ जनताको साथ पाएका थियौं, त्यसैगरी अब पनि हामी साथ पाउनेछौं। अहिले नदेखिएको मात्रै हो। केहि समयभित्रै ठूल्ठूला एक्सन हुनेछन्। त्यसले ल्याउने तरङ्ग पनि ठूलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं।’

प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठानले भन्दा पनि संख्याले काम गर्ने बताए।

उनले भने, ‘संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ । यो कम्युनिष्टको सभा रहेनछ। विचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ। देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन्।’

आफूहरू नेतृत्वमा गएदेखि असफल पार्ने तत्व लागिपरेको भए पनि घेरालाई छिचोल्दै अघि बढेको प्रधानमन्त्री प्रचण्डको भनाई छ। उनले शहीदका सपना पूरा गर्नका लागि पनि आफूहरूले अन्तिम लडाइँ लड्नैपर्ने अवस्था आएको बताए।

जेठ १३, २०८० शनिबार १३:१४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।