म जेलमा भए पनि पार्टी चुनाव जित्छ भन्ने उनीहरूलाई थाहा छ : इमरान खान
एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष इमरान खानले सरकारलाई बसेर वार्ता गर्न प्रस्ताव गरेका छन्।
फ्रान्स-२४ लाई दिएको अन्तर्वार्तामा उनले सरकारलाई भने, ‘मेरो पार्टीलाई घेरा हाल्नुको सट्टा, बसेर कुरा गर्नुस्। म कसरी यो देशको लागि यति ठूलो खतरा भएँ?’
उनले भने, ‘मेरो पार्टीका नेताहरूसहित १० हजार कार्यकर्ता पक्राउ परेका छन्। पीटीआईलाई समर्थन गर्ने जोसुकैलाई पनि गिरफ्तार गरिन्छ।’
पाकिस्तानको सरकार चुनावसँग डराएकाे भन्दै उनले आफू जेलमा रहे पनि पार्टीले चुनाव जित्छ भन्ने थाहा पाएर झुटा मुद्दा लगाइराखेकाे बताए।
खानले भने, ‘पाकिस्तानको सरकार चुनावबाट डराएको छ। उनीहरूलाई थाहा छ म जेलमा रहे पनि मेरो पार्टीले चुनाव जित्नेछ।’
सामान्य अदालतमा झूटा अभियोगमा सजाय पाउन मुस्किल भएकाले सरकारले सैनिक अदालतबाटै सजाय दिन चाहेको उनले बताए।
जेठ १३, २०८० शनिबार १३:०५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।